Tuesday, July 26, 2016

खोलाले बगाएर थप एक बेपत्ता

काँकडभिट्टा ९झापा०, ११ साउन । झापाको दक्षिणी गाविस खजुरगाछी–३ की रेखी गनगाईलाई खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज रतुवा खोलापारि रहेका गाईवस्तु लिन गएकी ५० वर्षीया रेखीलाई रतुवा खोलाले बगाएर बपेत्ता बनाएको हो । बेपत्ता रेखीको इलाका प्रहरी कार्यालय गौरीगन्ज र स्थानीयवासीले खोजी गरिरहेका छन् ।

त्यसैगरी माईखोलामा आएको बाढीले बगाएका भारत घर भई हाल कुमरखोद–४ बस्दै आएका १८ वर्षीय बाबुलाल मण्डीसमेत अझै बेपत्ता छन् ।

झापामा अबिरल परेका वर्षा कारण पाँच जनाको मृत्यु भएको छ भने ३५० बढी परिवार विस्थापित भएका छन् भने सयौँ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts