Sunday, July 24, 2016

‘सरकार बनाउने र गिराउने खेल देश र जनताको हितमा छैन’

पोखरा, ९ साउन । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकार बनाउने र गिराउने खेल देश र जनताको हितमा नरहेको बताउनुभएको छ ।

नेपाल प्रेस सोसाइटी कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री डा भट्टराईल जनअपेक्षानुरुप आर्थिक समृद्धि र विकासमा देशलाई लैजानुपर्नेमा पुराना राजनीतिक दल पुनः सरकार गिराउने र बनाउने खेलमा लागिरहेको आरोप लगाउनुभयो ।

गत २६ वर्षमा २३ पटक सरकार परिवर्तन भएको बताउँदै उहाँले शासकीय प्रणाली र निर्वाचन प्रणालीको त्रुटिका कारण समस्या आएकाले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम हुनुपर्ने धारणा राख्नुभयो ।

नेपालमा आन्तरिक राष्ट्रिय एकता र आर्थिक रुपले अन्तरनिर्भरता भएमा मात्र देश सबल बन्ने उहाँको भनाइ छ । अब बन्ने सरकारले विद्यमान मधेसी, जनजाति लगायतका मागलाई सम्बोधन गर्दै सीमाङ्कन लगायत विषयलाई टुङ्ग्याएर निर्वाचनमा जानुपर्ने उहाँले बताउनुयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts