Saturday, July 9, 2016

विद्यालयको भौगोलिक अवस्था पत्ता लगाउन जिपिएस अपडेट

बैतडी, २५ असार । बैतडीमा विद्यालयको भौगोलिक अवस्थिति पत्ता लगाउनका लागि ग्लोबल पोजीसिङ सिस्टम जिपिएसलाई अपडेट गर्ने कार्य सुरु भएको छ ।

शिक्षा विभागको कार्यक्रमअनुसार बैतडीमा विद्यालयको भौगोलिक अवस्था पत्ता लगाउन जिपिएस प्रणालीलाई अपडेट गर्ने कार्य सुरु भएको जिशिअ लालसिंह टेरले जानकारी दिनुभयो ।

विद्यालयको वैज्ञानिक ढङ्गबाट नक्साङ्कनका लागि यो प्रणाली अपनाइएको जिपिएस विज्ञ श्याम लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयको भौतिक अवस्थिति पत्ता लगाइसकेपछि विद्यालय रहेको ठाउँमा, नयाँ भवन निर्माणका लागि उचित जमिन भए नभएका बारेमा पत्ता लाग्नेछ ।”

विद्यालयको भौगोलिक सूचना प्रणालीलाई व्यवस्थित गर्नका लागि विभागले यो प्रयास थालेको जिपिएस विज्ञ लामिछानेले जानकारी दिनुभयो । यो प्रणालीका बारेमा तीन दिनसम्म प्रत्येक स्रोतकेन्द्रका स्रोतव्यक्ति, विद्यालय निरीक्षक लगायतलाई जानकारी दिइसकेपछि उनीहरुले सङ्कलन गरेको तथ्याङ्कलाई एकीकृत गरी शिक्षा विभागमा पठाइने बताइएको छ । विद्यालयको भौतिक नक्साङ्कनका आधारमा विद्यालयको अन्य सुधार गर्नका लागि विभागले काम थाल्ने जनाइएकोे छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts