Thursday, July 7, 2016

धारिलो हतियारको प्रहारबाट हत्या

दाङ, २३ असार । दाङमा एक जना महिलाको धारिलो हतियारको प्रहारबाट हत्या भएको छ ।

दाङ देउखुरीको सतवरिया–८ रिहारमा २७ वर्षीया बालिका चौधरीको घरमै चक्कु प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिनुभएको छ । रिहारमा किराना पसल गर्दै आएकी चौधरी सोही घरमा डेरा बस्दै आएकी थिइन् । उनको गएराति हत्या भएको प्रहरीले बताएको छ ।

चौधरीको शव नजिकै एउटा धारिलो चक्कु फेला पर्नुका साथै उनको शरीरमा खत समेत देखिएकाले चौधरीको हत्या भएको आशङ्का गरिएको एसपी सिंहले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts