धनगढी, ६ साउन । कैलालीको गोदावरी गाविस–८ गोदावरी गाउँमा सर्पले डसेर एक बालकको आज मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले स्थानीय चन्द्रबहादुर दर्लामीमगरका आठ वर्षीय छोरा सुनिलको सर्पले डसेर मृत्यु भएको जनाएको छ ।
घरमै सुतिरहेको अवस्थामा बालक सुनिललाई सर्पले डसेकोमा उपचारका लागि अस्पताल ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको थियो । रासस
No related posts.
No comments:
Post a Comment