Tuesday, July 19, 2016

विषादी सेवनले मृत्यु

बैतडी, ४ साउन । विषादी सेवनबाट आज दिउँसो एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार मृत्यु हुनेमा बैतडी गाजरी– ८, सन्तडाका ४८ वर्षीय परमानन्द जोशी छन् ।

आज बिहान १० बजे घरमै विषादी सेवन गरी छट्पटाइरहेका बेला मृतकका भाइ राजेन्द्रले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । जोशीलाई उपचारका लागि लैजाँदै गर्दा आज अपराह्न मृत्यु भएको हो ।

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts