इस्लामावाद, २८ असार । पाकिस्तानमा एकजना राजनीतिक नेताको हत्या भएको समाचार छ ।
समाचारमा जनाइएअनुसार अज्ञात बन्दुकधारीले एकजना पाकिस्तानी जातीय नेता हमिद हसनको हत्या गरेको छ ।
कुरामको पराचीनगरमा रहेको उनको कार्यालयको परिसरमा उनको हत्या भएको हो । उहाँ कुराम एजेन्सीको पाकिस्तान पिपुल्स पार्टीको अध्यक्ष हुनुहुन्थ्यो ।
उक्त हत्याको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । उक्त पार्टीले सो हत्याको बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ ।
उहाँको हत्या तालिवानहरुले गरेको अनुमान प्रहरीले गरेको छ । तर पनि सो विषयमा पुष्टि भने भएको छैन । रासस÷सिन्ह्वा
No comments:
Post a Comment