Thursday, July 14, 2016

सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार

काठमाडौँ, ३० असार । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक जिल्लास्थित तातोपानी, भ्यानपार्क–४ इलाकामा बाढीपहिरोका कारण अलपत्र परेका स्थानीय बासिन्दालाई नेपाली सेनाको हेलिकप्टरद्वारा आज उद्धार गरिएको छ ।

उद्धार गरिएका १९ जनालाई सिन्धुपाल्चोेक जिल्लास्थित तातोपानी, भ्यानपार्क इलाकाबाट सोही जिल्लाको बाह्रबिसेको सुरक्षित स्थानमा सारिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts