Wednesday, July 20, 2016

चौध करोडको तरकारी निर्यात

पाँचथर, साउन ६ गते । पाँचथर जिल्लाका कृषकले गतआर्थिक वर्ष २०७२/०७३ मा रु १४ करोडको तरकारी उत्पादनगरी निर्यात गरेका छन् । जिल्लाको थर्पु, पञ्चमी, नाँगी, अमरपुर गाविस तथा फिदीम नगरपालिकाबाट आर्थिक वर्ष २०७२/०७३ मा पाँच हजार २८५ मेट्रिकटनको तरकारी निर्यात भएको जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ ।

यस्तै, आर्थिक वर्ष २०७१/०७२ मा रु ११ करोड ९६ लाखको तरकारी निर्यात भएको थियो । गोलभेडा, बन्दा तथा फूलकोपी ९काउली० तथा काँक्रा त्यस क्षेत्रका कृषकले उत्पादन गरेको कार्यालयले जनाएको छ । यस वर्ष कृषकलाई मौसम हावापानीअनुकुल भएकाले पनि तरकारी उत्पादनमा वृद्धि भएको कार्यालय प्रमुख वेनु प्रसाईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीबाट फर्केका युवायुवतीलाई लक्षित गरी अहिले कार्यालयले समेत अनुदान रकम सहयोग गरेकाले पनि तरकारी खेतीतर्फ कृषकहरु आकर्षित भएको देखिन्छ ।” कार्यालयले समूह बनाएर आएमा यूवा लक्षित कार्यक्रमअन्र्तगत रु ४० हजार अनुदान दिने गरेको उहाँले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts