Friday, July 29, 2016

मोरङका दुई पत्रकार पुरस्कृत

विराटनगर, १४ साउन । ‘प्रेस सेन्टर नेपाल, मोरङको तेस्रो जिल्ला अधिवेशनको अवसरमा आज यहाँ दुई पत्रकारलाई सम्मान गरिएको छ ।

मोहन खनाल स्मृति पुरस्कारबाट हिमशिखर टेलिभिजनका पत्रकार मोहन भट्टराई र लक्ष्मी फुयाँल ग्रामीण पत्रकारिता पुरस्कारबाट जनविद्रोह दैनिकका सम्पादक नवराज कट्टेललाई सम्मान गरिएको हो । दुबै पुरस्कारको राशि रु पाँच÷पाँच हजारको छ ।

सो अवसरमा पुरस्कार वितरण गर्दै प्रेस सेन्टर नेपालका केन्द्रीय संयोजक गोविन्द आचार्यले पत्रकारको हकहित संरक्षण र सम्वद्र्धनका लागि प्रेस सेन्टर नेपालले महत्वपूर्ण जिम्मेवारी बहन गरिरहेको बताउनुभयो ।

सो सेन्टरका मोरङ संयोजक विनोद घिमिरे, वरिष्ठ पत्रकार मोहन भण्डारी, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य गणेश लम्साल, प्रेस चौतारीका केन्द्रीय सदस्य विक्रम लुइँटेललगायत पत्रकारले पत्रकारिताको भूमिकाका विषयमा धारणा राख्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts