काठमाडौँ, ४ साउन । नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय सदस्य एवम् नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि डिलप्रसाद न्यौपानेको निधनमा नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी पायल्स रोगबाट पीडित न्यौपानेको उपचारका क्रममा आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भएको निधनमा दुःख व्यक्त गरेको हो ।
पर्वत जिल्ला रानीपानी निवासी न्यौपानेको निधनबाट प्रजातान्त्रिक आन्दोलनमा ठूलो क्षति पुग्नाका साथै पार्टीले एक कुशल र निष्ठावान व्यक्ति गुमाएको विज्ञप्तिमा उल्लेख छ । न्यौपानेको आजै पशुपति आर्याघाटमा दाहसंस्कार गरिएको छ । उहाँको पार्थिव शरीरमा पार्टीका केन्द्रीय सदस्य एनपी साउद र सुरेन्द्रराज पाण्डेले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । रासस
No related posts.
No comments:
Post a Comment