Saturday, July 16, 2016

बाख्रापालनबाट यथेष्ठ कमाइ

बागलुङ, १ साउन । जिल्लाको भकुण्डे–२ का युवा मनोज थापाले बाख्रापालनलाई व्यावसायिक बनाउनुभएको छ ।

थापाको ‘फार्म’मा अहिले १५ वटा बाख्रा छन् । अघिल्लो वर्षसम्म थापाकोमा एक÷दुई बाख्रा मात्र हुने गर्थे । विदेश जाने सपना त्यागेर थापाले कृषि र पशुपालनलाई पेसाको रुपमा अँगाल्नुभएको छ । “बाख्रापालनलाई मुख्य पेसाका रुपमा अघि बढाउने सोचमा छु, एक वर्षभित्र ५०÷६० वटा बाख्रा पु¥याउने लक्ष्य छ” थापाले भन्नुभयो ।

छ महिनाको अवधिमा बाख्रा बेचेर रु ५५ हजार आम्दानी गरेको उहाँको भनाइ छ । ६÷७ महिनाको बोका रु १२ देखि १५ हजारसम्ममा बिक्री हुने गरेको छ । “बाख्रा बिक्रीको लागि कुनै समस्या छैन, घरबाटै बिक्री हुन्छ” थापाले भन्नुभयो “बाख्रापालनमा राम्रो आम्दानी छ ।” थापाले स्थानीय जातको बाख्रा पाल्दै आउनुभएको छ । बाख्रापालनमा कुनै ठूलो लगानी नगरी पहिले भएका बाख्राबाट सङ्ख्या बढाउँदै लगेको थापाले बताउनुभयो । बाख्रापालनको लागि व्यवस्थित ‘फार्म’ बनाउने तयारीमा थापा हुनुहुन्छ ।

पाँच वर्षअघिदेखि कुखुरापालन, सुँगुरपालन र तरकारी खेती सुरु गर्नुभएका थापा पछिल्लो समय बाख्रापालनतिर आकर्षिक हुनुभएको हो । एक्लो प्रयासमा थापाले सुरु गरेको व्यावसायिक पशुपालन र कृषि गाउँमै नमुना बनेको छ । थापाले भन्नुभयो, “विदेशमा जति कमाउने पैसा मैले घरमै बसेर कमाउन सफल भएको छु ।”

थापाको अहिले सम्पूर्ण खर्च कटाएर मासिक आम्दानी रु ४० हजारभन्दा बढी छ । उहाँको कुखुरा फार्ममा अहिले ब्रोइलर, कोइलर र स्थानीय गेरर करिब एक हजार २०० जति कुखुरा रहेका छन् । त्यस्तै स्थानीय जातका सुँगुर छ वटा छन् । थापाले सुँगुर र कुखुरा पालनको लागि स्थानीय विद्यालयको जग्गामा भाडामा लिनुभएको छ । तरकारी खेतीको लागि पनि व्यक्तिको जग्गा रु ५० हजारमा भाडामा लिएको थापाले जानकारी दिनुभयो ।

करिब पाँच रोपनी क्षेत्रफलमा आलुखेती पनि गरेको थापाले जानकारी दिनुभयो । वार्षिक ५० देखि ७० मुरीसम्म आलु फल्ने गरेको उहाँको भनाइ छ । व्यावसायिक कृषि पेसा सञ्चालनको लागि थापाले साना किसान सहकारी संस्थाबाट रु दुई लाख र सिवाइसी बचत तथा ऋण सहकारीबाट रु एक लाख ऋण लिनुभएको छ । बहुसरोकारवाला वन कार्यक्रमले पनि थापालाई आर्थिक सहायता दिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts