Monday, July 25, 2016

राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउ आदेश जारी

काठमाडौँ, १० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकार निर्वाचनका लागि बाधा अड्काउ फुकाउ आदेश जारी भएको छ ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले पठाएको सिफारिसका आधारमा नेपालको संविधानको धारा ३०५ बमोजिम उहाँले बाधा अड्काउ फुकाउ आदेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानमा अर्को प्रधानमन्त्री निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न बाधा अड्काउ परेकाले संविधानको धारा २९८को उपधारा (२) वा (३) बमोजिमको प्रक्रिया अपनाई अर्को प्रधानमन्त्रीको निर्वाचन गर्न सकिने गरी सो आदेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विज्ञप्तिमा “नेपालको संविधानको धारा २९८ मा सङ्क्रमणकालीन मन्त्रिपरिषद्सम्बन्धी व्यवस्था रहेको, सोही व्यवस्था बमोजिम व्यवस्थापिका–संसद्बाट वर्तमान प्रधानमन्त्री निर्वाचित भई निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन भएकामा धारा २९८ को उपधारा (८) बमोजिम वर्तमान प्रधानमन्त्रीले राजीनामा दिनुभएको तर अर्को प्रधानमन्त्री निर्वाचित हुने स्पष्ट व्यवस्था उक्त धारामा नरहेका कारण अर्को प्रधानमन्त्री निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न बाधा अड्काउ फुकाउ जारी गर्नुपरेको” उल्लेख छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts