Monday, July 18, 2016

सिद्धेश्वर महादेव कपनमा शिवपुराण

काठमाडौँ, ३ साउन । बुढानिलकण्ठ नगरपालिका, कपनस्थित सिद्धेश्वर महादेवको मन्दिर हाताभित्र आजदेखि शिवपुराण आरम्भ भएको छ ।

शिवपुराण समितिको आयोजनामास्वामी शिवानन्द गुरुले शिवपुराणको शुभारम्भ गर्दै हिन्दूको आराध्यदेव शिवको मनपर्ने महिना साउन र मनपर्ने बार सोमबार भएकाले व्रत बसी हरियो पहिरन र पहेँलो चुरामा सजिएर निर्मल जल शिवलिङ्गमा चढाए मनोकाङ्क्षा पूरा हुने विश्वास हिन्दू धार्मिक ग्रन्थमा उल्लेख भएको जानकारी गराउनुभयो ।

स्वामी शिवानन्दले भन्नुभयो–“हिन्दू धर्मावलम्बीले विश्वकै जेठो धर्म हिन्दू र जेठो धार्मिकग्रन्थ वेदलाई आत्मसात् गरेमा आफू र आफ्ना परिवारले चिताएको पूर्ण हुने र दीर्घजीवी होइने छ ।” सो अवसरमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उद्धवराज भट्टराईले बजेट अभावले मन्दिर र मन्दिर वरिपरि रहेका रुख र बोटबिरुवा जोगाउन कठिनाइ भएको जानकारी दिनुभयो ।
हिन्दूका पवित्र चार धाम लगायत देशभरका शिवालयमा शिवको दर्शन गरी मनोकाङ्क्षा पूरा गर्न हजारौँको सङ्ख्यामा भिड लागेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts