दुबई । वैदेशिक रोजगारीको सिलसिलामा घर परिवारबाट टाढा विदेशी भूमिमा कार्यरत रहेता पनि आफ्नो कला र संस्कृतिलाई उत्थान गरेको पाईन्छ ।
दैनिक ड्यूटीबाट बचेको समयलाई सदुयोपक गर्दै विभिन्न क्षेत्रमा योगदान पु¥याएको धेरै उदाहरण देख्न सकिन्छ । भन्छन् लगन र रुचि भएमा जे पनि गर्न सकिन्छ । त्यस्तै दुबईमा कार्यरत होमनाथ कुंवरले समाज सेवादेखि सांगीतिक दुनियामा आफ्नो स्थान जमाएको छ ।
गुल्मी जिल्लाको हस्तिचौंर–१, मा जन्म भई हाल दुबईमा विगत १० बर्षदेखि कार्यरत होमनाथ कुंवरले गुल्मी सेवा समाज युएईमा सांस्कृतिक विभाग कार्यक्रम प्रमुख र नेपाली कलाकार समुहमा उपाध्यक्ष जस्तो गरिमामय पद सम्हाल्दै सांगीतिक क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ । उहांले सांगीतिक क्षेत्रमा कदम राखेको तीन बर्षको अवधिमा लगभग ४५ वटा लोक गीतहरुमा कुनैमा स्वर, कुनैमा लय र शब्दहरु दिनु भएको छ । यस क्षेत्रमा सधै सहयोग र अगाडि बढ्ने प्रेरणा उमेश कुंवर, केशव कुंवर र शम्भु कुंवरलाई श्रेय दिनु भएको छ ।
गत २७ जुलाईका दिन तीज गीतिएल्वम “मेरी कालीलाई जे लगाए नि जच्छ” को म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपक दाहाल र संगीता चापागाईको संयुक्त तीज कोशली अन्र्तगत होमनाथ कुंवर र चर्चित लोक गायिका जमुना सनमको स्वरले सजिएको छ । जसमा शंकर बिसी र रेश्मी तामाङको अभिनय रहेको छ भने लय संगीता चापागाई, शब्द उमेश कुंवर र सल्लाहकारमा सुन्दर खनाल रहेको छ । यस एल्वमलाई पूर्ण रुपले सहयोग गर्नेहरुमा मनु कुंवर, सीता कुंवर, तारा घिमिरे र कमला कुंवर रहेका छन् ।
लालबहादुर ढेंगा, दुबई, युएई
Thursday, July 28, 2016
तीज गीतिएल्वम “मेरी कालीलाई जे लगाए नि जच्छ” को म्युजिक भिडियो सार्वजनि
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment