काठमाडौँ, २३ असार । अद्वैत संस्थाको स्वर्ण जयन्तीको उपलक्ष्यमा अद्वैत संस्था बत्तीसपुतली शाखा कोषाध्यक्ष तारादेवी श्रेष्ठ एवम् परिवारद्वारा केन्द्रीय सत्सङ्ग मन्दिर अद्वैतमार्ग काठमाडौँमा आयोजित विशेष सत्सङ्ग समारोहको संस्थाका कुलपति प्रताप चक्रवर्तीले आज उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा उहाँले ब्रह्मज्ञानी डा क्षितिशचन्द्र चक्रवर्तीद्वारा रचित नेपाली उपनिषद् ‘मोक्षको अनन्य मार्ग’ वाचन गर्दै भन्नुभयो, “जिन्दगी बितिसक्यो तर एक जना पनि सुखी हुन सकेको छैन, किन ? म चिरसुखी छु, निर्भय छु, म मर्दिन भन्न किन सक्दैन ?”
वसन्तलाल महासरस्वतीको अध्यक्षतामा ब्रह्मज्ञानी गुरुदेवद्वारा रचित नेपाली उपनिषद् ‘साधन रहस्य’ ‘ज्ञानालोक’ आदिको देवेश्वर सरस्वती, विष्णुप्रसाद सरस्वती, विष्णुप्रसाद आचार्य, अनन्तलाल सरस्वती, कृष्णकुमारी राजभण्डारी, कृष्णप्रसाद गौतम, गोपालचन्द्र पौड्याल, ओमराज पुरी, मधुसूदन श्रेष्ठ, जुजुभाइ श्रेष्ठ लगायतले पाठ पारायण गर्नुभएको थियो । रासस
No comments:
Post a Comment