Sunday, July 10, 2016

सरकारको विकल्प खोज्नु उपयुक्त होइन :नेता पोख्रेल

काठमाडौँ, २६ असार । नेकपा (एमाले)का नेता शङ्कर पोख्रेलले माओवादीसँग नौबुँदेबाहेक अन्य कुनै भद्र सहमति नभएको स्पष्ट गर्नुभएको छ ।

रिपार्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता पोख्रेलले छिमेकीसँगको सम्बन्ध सुधार, राष्ट्रिय हितको संरक्षण तथा देशको समृद्धिका लागि वर्तमान सरकार अघि बढिरहेका बेला सरकारको विकल्प खोज्नु उपयुक्त नभएको बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले काँग्रेस र एमाले सँगै सरकारमा बस्न नसक्ने उल्लेख गर्दै अहिलेको अवस्थामा सहमतीय सरकारको सम्भावना नरहेको बताउनुभयो । काँग्रेस प्रतिपक्षमा रहेपनि संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणका विषयमा सरकारसँगै रहेको स्पष्ट पार्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले संविधान कार्यान्वयनसहित मुलुकको समस्या समाधान गर्न सहमतीय सरकार अपरिहार्य रहेकाले सहमतीय सरकार निर्माणको प्रक्रियालाई तीब्रता दिनुपर्ने तर्क गर्नुभयो ।

सद्भावना पार्टीका महासचिव मनिष सुमनले राष्ट्रिय सहमतिको सरकारलाई मधेसी मोर्चाले समर्थन गर्नसक्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts