पोखरा, ३ साउन । राजनीतिकलगायत हरेक क्षेत्रको नेतृत्व तहमा महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा आज यहाँ आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
बाल तथा महिला सशक्तीकरण समाज नेपाल कास्कीको आयोजनामा स्थानीय निर्वाचनमा महिलाको प्रतिनिधित्व सुनिश्चितताका लागि सचेतना अभिवृद्धि कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।
कार्यक्रममा रेडियो जननीका स्टेशन मेनेजर विमला भण्डारीले हकअधिकारका लागि महिला सङ्गठित भएर लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
बाल तथा महिला सशक्तीकरण समाज नेपाल कास्कीका अध्यक्ष सीता भट्टराईले महिला ¥यालीमा मात्र सीमित हुन नहुने विचार व्यक्त गर्दै संस्थाले महिलालाई राजनीतिमा सक्रिय सहभागी गराउन पहल गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली काँगे्रस कास्कीका जिल्ला सदस्य नम्रता बराल, नेकपा (एमाले) कास्कीका जिल्ला सदस्य शशिकला बराल, नेकपा (माओवादी केन्द्र) कास्कीका जिल्ला सदस्य गोमा ढकाल, राप्रपा नेपाल कास्की क्षेत्र नं २ का क्षेत्रीय सभापति गीता गुरुङ, अखण्ड नेपाल महिला मञ्चका केन्द्रीय अध्यक्ष सुनिता कोइरालाले बोल्नुभएको थियो ।
एक्सन एड नेपालको सहयोगमा भएको कार्यक्रममा कास्कीका काहुँ, भलाम,
अर्मलाका महिलाको सहभागिता रहेको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुष्मा पौडेलले सहजीकरण गर्नुभएको थियो । रासस
No related posts.
No comments:
Post a Comment