काठमाडौँ, ३१ असार । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित शिक्षाशास्त्र सङ्काय स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।
उक्त परीक्षाको परीक्षाफल धधध।भमगकबलवब।िअयm, धधध।भमगअबतष्यलकबलकबच।अयm, धधध।भमगअबतष्यलपजबदबच।अयm र धधध।तग।लतअ।लभत।लउ मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिन्छ ।
त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ६६ को दफा २६८ र २७० अनुसार परीक्षाको मर्यादाविपरीत काम गर्ने रोल नं २१०२९६, २८१४२७, २८१४४०, २८२२३२, ४८०५०९, २३०००१९ का परीक्षार्थीलाई त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा दुई वर्षसम्म सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको त्रिविले जनाएको छ ।
यसैगरी २०७२ सालमा सञ्चालित कानुन सङ्कायतर्फ एलएलबी प्रथम वर्षको परीक्षाको परीक्षाफल पनि आजै प्रकाशन गरिएको छ । रासस
No related posts.
No comments:
Post a Comment