डोल्पा (दुनै), २३ असार । डोल्पामा यातायातको एकमात्र साधनको रुपमा रहेको जुफाल विमानस्थल बन्द भएको छ ।
नेपालन्जबाट–डोल्पा हवाई मार्गअन्तर्गत बीचमार्गमा वर्षात् र कुहिरोले मार्ग अवरुद्ध भएपछि गत सोमबारदेखि हवाई सेवा ठप्प भएको नागरिक उड्डयन प्राधिकरण जुफालले जनाएको छ साथै कुहिरोले विमानस्थल समेत छोपेको प्राधिकरणले जनाएको छ ।
विमानस्थल अवरुद्ध भएपछि पर्यटक, सर्वसाधारण, विद्यार्थी तथा बिरामीको चाप बढेको छ भने आफ्नो गन्तव्यसम्म पुग्न नपाएको गुनासो उनीहरुले गरेका छन् ।
चार दिनदेखि विमानस्थल बन्द भएपछि सर्वसाधारण गन्तव्यसम्म पुग्नको लागि जोखिम मोल्दै पैदलमार्ग गर्न बाध्य भएका छन् । रासस
No related posts.
No comments:
Post a Comment