Thursday, July 21, 2016

गिरिजाप्रसाद ट्रेड युनियन सम्मान घोषणा

काठमाडौँ, ६ साउन । नेपाल ट्रेड युनियन काँग्रेसका संस्थापक नेता गिरिजाप्रसाद कोइरालाका नाममा स्थापित गिरिजाप्रसाद कोइराला ट्रेड युनियन सम्मान घोषणा गरिएको छ ।

अवार्ड आयोजक समितिले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा ‘ट्रेड युनियन अफ द इयर २०७२’ नेपाल स्वास्थ्यकर्मी सङ्घ सुर्खेत र ‘बेस्ट ट्रेड युनियननिस्ट अफ द इयर २०७२’ सुरतबहादुर केसीलाई दिइने जानकारी दिइयो ।

पुरस्कार छनोट समितिका संयोजक शिशिरकुमार झाले नेपालको श्रमिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको संस्था र व्यक्तिलाई छनोट गरिएको जानकारी दिनुभयो । रु चार लाख रहेको उक्त कोषमा नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले रु दुई लाख र श्रमिक नेता सूर्य नेपालले रु एक लाख र उहाँकी धर्मपत्नी मीरा निरौलाले रु एक लाख राखी स्थापना गर्नुभएको थियो ।

नेपाल ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष गणेश निरौलाले श्रमिकलाई कामका आधारमा मूल्याङ्कन गरेर पुरस्कृत गर्नु राम्रो काम भएको बताउनुभयो ।

ट्रेड युनियन सम्मानका संस्थापक नेता सूर्य नेपालले गिरिजाप्रसाद कोइरालाले श्रमिकको हक र हितका लागि लडेकाले उहाँको नाममा सम्मान स्थापना गरिएको जानकारी दिनुभयो ।

विसं २०७१ मा स्थापना भएको उक्त पुरस्कारको राशि एक विधामा रु १० हजार २५ छ । उक्त सम्मान कोइरालाको स्मृति दिवसका अवसर पारेर प्रदान गरिने आयोजकले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts