काठमाडौँ, ४ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा आव २०७२÷७३ मा रु १५ करोड ८२ लाख राजस्व सङ्कलन गरेको छ ।
महाशाखाले मादक पदार्थ सेवन, लेन अनुशासन उलङ्घन, पार्किङ स्थलभन्दा बाहिर सवारी रोक्नु, ट्याक्सी मिटरमा जान नमान्नेलगायतका कारबाहीबाट उक्त रकम सङ्कलन गरेको हो ।
महाशाखाका सहप्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद भट्टले रु पाँचलाख ४८ हजार ४७० सवारी कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएकोे जानकारी दिनुभयो । उहाँले गत वर्ष रु १४ करोड ४९ लाख ९७ हजार ५८५ सङ्कलन भएको बताउनुभयो ।
“ट्रफिकको सक्रियताले गत वर्षको तुलनामा यस वर्षको राजस्व सङ्कलन बढेको हो,” उहाँले भन्नुभयो । यस्तै महाशाखाले आव २०७२÷७३ लेन अनुशासन उलङ्घन ४७ हजार २७८, मादक पदार्थ सेवन गरी सवारी चलाउने २९ हजार १३, ट्याक्सी ठगी तथा मिटरमा जान नमान्ने तीन हजार २२२ सवारी साधनलाई कारबाही गरेको छ । रासस
No comments:
Post a Comment