Tuesday, July 12, 2016

सरकारबाट फिर्ता भएको जानकारी सभामुखलाई

काठमाडौँ, २८ असार । नेकपा(माओवादी केन्द्र)ले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारबाट आफू फिर्ता भएको जानकारी सभामुख ओनसरी घर्तीलाई गराएको छ ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सभामुखलाई आज सभामुखको कार्यकक्ष सिंहदरबारमा पुगेर सोसम्बन्धी पत्र बुझाउनुभएको हो । सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले नेता महराले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराउनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts