Tuesday, July 5, 2016

हत्या आरोपी कारागार चलान

भीमदत्तनगर, २१ असार । जिल्ला अदालत कञ्चनपुरले बेदकोट नगरपालिका–१ चम्फापुरकी रामदुलारी रानाको हत्या आरोपमा पक्राउ परेका प्रकाश मल्ललाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश दिवाकर भट्टको एकल इजलाशले आज सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका स्थानीय राजेन्द्र रानालाई भने रु नौ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । त्यस्तै प्रकाशका बुबा इन्द्र मल्लसहित परिवारका पाँचजनालाई प्रतिव्यक्ति रु २७÷२७ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

श्रीमान् वैदेशिक रोजगारीमा रहेको अवस्थामा रामदुलारीकोे स्थानीय प्रकाश मल्लसँग अवैध सम्बन्ध रहेको बारे चर्चा हुन थालेपछि गत जेठ १८ गते गाउँबाट भागेकी रामदुलारी २३ गते गाउँनजिक झाडीमा मृत अवस्था भेटिएकी थिइन् ।

उक्त घटनामा प्रकाशको संलग्नता रहेको भन्दै रामदुलारीका ससुरा पदम रानाले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले प्रकाश, उनका बुवा इन्द्र मल्लसहित परिवारका पाँचजना र स्थानीय राजेन्द्र रानालाई नियन्त्रणमा लिई मुद्दा दायर गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts