Tuesday, July 5, 2016

विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ, २१ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा कार्यरत नायब सुब्बा दीपककुमार कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नायब सुब्बा कार्कीले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा थुनामा रहेका कुमार गोले भन्ने व्यक्तिको साथी युवराज तामाङसँग मुद्दा मिलाइदिन्छु भनी रु २० हजार घुस लिँदालिँदै पक्राउ परेको आयोगका प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिनुभयो ।

आयोगकाअनुसार नायब सुब्बा कार्कीलाई हदैसम्मको कारबाही माग गर्दै मुद्दा दायर गरिएको हो ।

यस्तै आयोगले आजै सिन्धुली जनप्रेमी उच्च मावि स्याङ्तीका तत्कालीन अस्थायी शिक्षक चेतप्रसाद काफ्लेले प्राथमिक शिक्षक पदमा अस्थायी नियुक्ति लिँदा र सो पदमा बहाल रहँदा नक्कली शिक्षक अनुमतिपत्र लिई काम गरेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अस्थायी शिक्षक काफ्लेले पेस गरेको अनुमतिपत्र नं ५४५३३ नक्कली रहेको पाइएकाले हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts