Thursday, July 14, 2016

न्यायाधीशको संसदीय सुनुवाइ आइतबारदेखि

काठमाडौँ, ३० असार । संसदीय सुनुवाइ विशेष समितिले आगामी आइतबारदेखि सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशको सुनुवाइ प्रारम्भ गर्र्ने भएको छ ।

समितिका सभापति कुलबहादुर गरुङको अध्यक्षतामा आज बसेको बैठकमा न्यायाधीशका विरुद्ध परेका उजुरीबारे जानकारी लिएको थियो । बैठकले संसदीय सुनुवाइ विशेष समितिको कार्यविधि २०७३ लाई थप परिमार्जनसहित पारित गर्ने पनि निर्णय गरेको छ ।

न्याय परिषद्ले विभिन्न पुनरावेदन अदालतका मुख्य न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, पूर्व महान्यायाधिवक्ता हरिकृष्ण कार्की तथा वरिष्ठ अधिवक्ता त्रय अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना मल्ल प्रधानलाई नियुक्तिका लागि सिफारिस गरी पठाएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts