काठमाडौँ, २५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि भेनेजुयलाका गैरआवासीय राजदूत अगस्टो मोइअटियलबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा भेनेजुयलाका राजदूतले भेनेजुयलामा आयोजना हुन लागेको असंलग्न मुलुकहरुको १७औँ शिखर सम्मेलनको निम्तो दिनुभएको थियो ।
आगामी सेप्टेम्बरमा भेनेजुयलाको राजधानी काराकासमा असंलग्न मुलुकको शिखर सम्मेलन हुँदैछ ।
सो अवसरमा नेपाल र भेनेजुयला सम्बन्ध, नेपालको संविधान निर्माण, शान्ति प्रक्रियालगायतका विषयमा कुराकानी भएको नेकपा (माओवादी केन्द्र)का विदेश विभाग सदस्य युवराज चौलागाईंले जानकारी दिनुभयो ।
यस्तै राजदूत मोइअटियल र नेकपा (माओवादी केन्द्र)का विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठसँग पनि भेटवार्ता भएको छ । सो अवसरमा दुई मुलुक र पार्टी बीचको सम्बन्धमा विभिन्न आयामबारे कुराकानी भएको थियो । रासस
No related posts.
No comments:
Post a Comment