Tuesday, August 16, 2016

सिलबन्दी गरेको ताला फुटाउने पक्राउ

काठमाडौँ, ३२ साउन । आपूर्ति मन्त्रालये अनुगमन टोलीले सोमबार सिलबन्दी गरेको कालोपुलस्थित बिगमार्टको ताला फुटाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं बानेश्वरका बासु ढकालको कालोपुलस्थित बिगमार्टमा बस्ने कपिलबस्तु बाणगङ्गाका गोपाल थापालाई आज पक्राउ गरेको हो ।

थापाले सिलबन्दी गरेको बिगमार्टको ताला फुटाई आफ्नो मोटरसाइकलको चाबी निकाली सटर बन्द गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत कमलपोखरीको टोलीले उनलाई पक्राउ गरेको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts