Wednesday, August 3, 2016

बेपत्ता २० को मृत्यु भएको आशङ्का

नयाँ दिल्ली , १९ साउन । पश्चिमी भारतीय राज्य महाराष्ट्रको एक राजमार्गमा रहेको पुल भत्किँदा बेपत्ता भएका २२ व्यक्ति मध्ये दुई जनाको शव फेला परेको छ ।

सो दु्ई शव फेला परेपछि बेपत्ता रहेका अन्य २० को मृत्यु भएको हुन सक्ने अधिकारीहरुले आशङ्का गरेका छन् ।

बुधबार बिहान भएको यस घटनामा राज्यद्धारा सञ्चालित दुई वटा बसमा सवार रहेका २२ व्यक्ति पुल भत्किँएर एक नदीमा परी बेपत्ता थिए । ती मध्ये उद्धारकर्ताहरुले दुई जना शव निकालेका जनाइएको छ ।

केही दिनयता परेको अबिरल बर्षाको कारण मुम्बइ सहरबाट ६३ किलोमिटर दक्षिणमा पर्ने एक राजमार्गमा बुधबार सो घटना भएको थियो ।

उद्धारकार्य जारी रहेता पनि कोही पनि व्यक्ति जिवितै उद्धार हुन नसकेको भारत प्रकोप व्यवस्थान निकायका प्रमुखले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।

उद्धारकार्यको लागि १ सय भन्दा बढी उद्धारकर्ताहरुको सहभागीता रहेको बताइएको छ ।

हरेक बर्ष मौसमी बर्षाको कारण आउने बाढी, पहिरो र अन्य बर्षासँग सम्बन्धित घटनामा भारत छिमेकी राष्ट्र नेपाल र बङ्गलादेशका सयौं व्यक्तिका मृत्यु हुने गरेको छ । रासस ÷एएफपी

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts