Saturday, August 13, 2016

अपाङ्गता भएकाको व्यावहारिक रूपमै समान सहभागिता माग

काठमाडौँ, २९ साउन । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले अपाङ्गता क्षेत्रमा देखिएका समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेत्रहीन युवा सङ्घ, नेपालको दोस्रो अधिवेशनको अवसरमा आज यहाँ उद्घाटन गर्दै मन्त्री श्रीपाइलीले राज्यका रहेक संरचनामा अपाङ्गता भएका व्यक्तिको व्यावहारिक रूपमै समान सहभागिताका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो ।
सो अवसरमा नेकपा(एमाले) का केन्द्रीय सदस्य ठाकुर गैरेले राज्यले अपाङ्गता भएका व्यक्तिको क्षमता पहिचान गरी क्षमता अनुसारको रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घका अध्यक्ष कलाधर भण्डारीले अपाङ्गता भएका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणका परिवर्तन हुनुपर्ने बताउनुभयो । आज दिनभरि हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts