Friday, August 12, 2016

टिपरको ठक्करबाट युवकको मृत्यु

पोखरा, २८ साउन । लेखनाथ नगरपालिकाको खरानीफाँटबाट पृथ्वी राजमार्गतर्फ आइरहेको ग१क २४०२ नंको टिपरले आज बिहान १० बजेतिर लेखनाथको बूढीबजारमा एक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक विजय गुरुङको मृत्यु भएको छ ।

सोही दिशाबाट आइरहेको ग११प ५७३१ नंको स्कुटरलाई उछिन्न खोज्दा टिपरले ठक्कर दिएको र सख्त घाइते स्कुटर चालक लेखनाथ नगरपालिका–१३ राजाको चौतारा निवासी गुरुङको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता गजुसिद्धी बज्राचार्यले जानकारी दिनुभयो ।

प्रहरीले टिपर चालक प्रेमकुमार सुनारलाई आवश्यक कारबाहीको नियन्त्रणमा लिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts