Saturday, August 6, 2016

संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकतामा जोड

काठमाडाँैं, २२ साउन । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभएको छ ।

गोरखापत्र संस्थान कर्मचारी सङ्घको सातौँ केन्द्रीय महाधिवेशनको उद्घाटनमा नेत्री कोइरालाले मुलुकलाई विकासको बाटामा लैजानका लागि सहमति, सहकार्य र एकता आवश्यक छ भन्नुभयो ।

नेत्री कोइरालाले मुलुकलाई विकास र समृद्धिको बाटामा लैजानका लागि कुनै पनि सरकार स्थायी रुपमा चल्नुपर्ने बताउँदै भन्नुभयो, “नौ÷नौ महिनामा सरकार बनाउँदा वा ढाल्दा मुलुक अस्थिरतातर्फ जान्छ ।”

उहाँले व्यक्ति र पार्टीको हितभन्दा पनि राष्ट्रको हितका लागि राजनीतिक दल लाग्नुपर्ने बताउनुभयो । उहाँले संविधान कार्यान्वयन गरेर मुलुकलाई विकासको बाटामा अगाडि लैजानुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलनाथ दाहालले संविधानले श्रमिकको अधिकारलाई यथेष्ट मात्रामा समेट्न नसकेको गुनासो गर्दै नेपालका सम्पूर्ण श्रमिकको मागलाई समेट्न श्रमिक आयोग गठन गर्नुपर्ने माग गर्नुभयो ।

गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइरालाले विभिन्न ट्रेड युनियन संस्थागत सुशासनलाई ख्यालमा राखेर अगाडि बढ्नुपर्ने बताउँदै सम्पूर्ण सङ्घसङ्गठनलाई संस्थाको हितमा लाग्न आग्रह गर्नुभयो ।

नेपाल सार्वजनिक सेवा कर्मचारी सङ्घका अध्यक्ष जनार्दन भट्टराईले पार्टी नेतृत्वमा ट्रेड युनियनलाई हेर्ने व्यवहार फरक भएको बताउनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेले गोरखापत्र राज्यको धरोहर भएकाले यसको विकास र विस्तारका लागि सबै ट्रेड युनियन एक जुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सङ्घका अध्यक्ष विक्रमबाबु राई, नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय उपाध्यक्ष रमा पौडेल, महासचिव महेन्द्रप्रसाद यादव, नेपाल पत्रकार महासङ्घ गोरखापत्र संस्थान शाखाका अध्यक्ष नारद गौतम, गोरखापत्र राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष विष्णु खनाल, सङ्घका सचिव शरदराज सुवेदीलगायतले जनतालाई सूचनाको दायरामा ल्याउन गोरखापत्रलाई गाउँ गाउँसम्म पु¥याउनुपर्ने बताउनुभयो ।
चार जना सम्मानित

सङ्घले ‘गोरखापत्र’का पूर्वपत्रकार एवम् राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेसहित चार जनालाई सम्मान गरेको छ । गोरखापत्रको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेबापत उहाँ सहित चार जनालाई सम्मान गरिएको हो ।

सम्मानित हुुने अन्यमा गोरखापत्रका पूर्वसम्पादक श्रीकृष्ण श्रेष्ठ, आनन्दराम आचार्य र पूर्वकर्मचारी माधवसिंह सिलवाल हुनुहुन्थ्यो । सम्मानित हुनेलाई नेत्री कोइरालाले दोसल्ला र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । रासस÷अच्युत रेग्मी

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts