काठमाडौँ, २८ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रिचार्ड मोर्रिसले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति भवन, शीतल निवासमा भएको भेटमा राजदूतले बेलायती सेनामा कार्यरत गोर्खा ब्रिगेडको सन् २०१५ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राजदूतले सो प्रतिवेदनका बारेमा संक्षिप्त रुपमा राष्ट्रपतिलाई अवगत समेत गराउनुभएको थियो । रासस
No related posts.
No comments:
Post a Comment