Tuesday, August 9, 2016

वार एसोसिएसनद्वारा भत्र्सना

काठमाडौँ, २५ साउन । नेपाल बार एसोसिएसनले दक्षिणपश्चिमी पाकिस्तानकी सहर क्वेताको एक अस्पतालमा सोमबार आतङ्ककारी समूहले कानुन व्यवसायीसहित सर्वसाधारणको ज्यान जाने गरी गरेको बम विस्फोटप्रति घोर भत्र्सना गरेको छ ।

बारका महासचिव खम्बबहादुर खातीले आज एक प्रेस विज्ञप्ति जारी गरी सो घटनामा कानुन व्यवसायीलगायत सर्वसाधारण घाइते भएकोप्रति बारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

“जनतालाई न्याय प्रदान गर्ने मानव अधिकार संरक्षणको क्षेत्रमा कार्यरत समाजका अगुवा कानुन व्यवसायीलाई निशाना बनाई अत्यन्त निन्दनीय घटना गरेकोप्रति बार घोर भत्र्सना गर्दछ”–विज्ञप्तिमा उल्लेख छ ।

साथै बारले उक्त घटनामा परी ज्यान गुमाउनुभएका सो देशमा बारका अध्यक्ष, कानुन व्यवसायीसहित अन्य व्यक्तिको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts