कञ्चनपुर, २५ साउन । बहुप्रतिक्षित पञ्चेश्वर विकास प्राधिकरणलाई कार्यालय स्थापना गर्न जग्गा उपलब्ध गराउने कार्यमा ढिलाइ भएको छ ।
महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको सालघारी क्षेत्रको इको पार्कको १० बिगाहा जग्गा उपलब्ध गराउने निर्णय कार्यान्वयन नहुँदा जग्गा उपलब्ध हुन नसकेको हो ।
प्राधिकरणले जग्गा उपलब्ध गराउनका लागि समितिलाई विसं २०७२ फागुन महिनामा पत्राचार गरेको भएपनि हालसम्म जग्गा उपलब्ध हुन सकेको छैन ।
सहरी विकास मन्त्रालयले प्रशासनिक कार्यबाहेक अन्य कार्य नगर्न समितिलाई निर्देशन दिएकाले अहिलेकै अवस्थामा जग्गा उपलब्ध गराउन नसकिने नगरविकास समितिका नायब सुब्वा पुष्पराज भट्टले बताउनुभयो ।
“जनताका आवश्यक काम रोक्कानै रहेकाले सबै काम फुकुवा नहुँदासम्म जग्गा दिनसक्ने अवस्था छैन” समितिका अध्यक्ष सुरेन्द्र विष्टले भन्नुभयो ।
नेपाल–भारतको सीमा नदी महाकालीमा बन्ने परियोजना अगाडि बढाउन लगानी बोर्ड मातहत गठन गरिएको पञ्चेश्वर विकास प्राधिरणमा दुवै देशका प्रतिनिधि सदस्य रहने प्रावधान रहेको छ ।
प्राधिकरणको केन्द्रीय कार्यालय महेन्द्रनगरमा स्थापना गर्ने यसअघि नै सहमति भइसकेको छ । रासस
–––––––––
No related posts.
No comments:
Post a Comment