Thursday, August 4, 2016

उड्दाउड्दै विमानको इन्जिन बन्द भएपछि…

हुम्ला, २० साउन । हुम्लाबाट सुर्खेत जाँदै गरेको मकालु एयरको ‘नाइनएनएकेसी’को विमानको इन्जिनमा खराबी आएपछि आज अपराह्न सिमीकोट गाविसको राउटेराना भन्ने स्थानमा दुर्घटना भएको छ ।

सिमिकोट विमानस्थलबाट सुर्खेतका लागि ३ः३० बजे उडेको करिब पाँच मिनेटमै विमानको इन्जिन एक्कासी बन्द हुँदा सुरक्षित अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।

“एघार हजार ५०० फिटको उचाइमा रहेको विमानको एक्कासि इन्जिन बन्द भयो, पुनः स्टार्ट गर्न खोज्यौँ भएन, त्यसपछि सुर्खेत पुग्न पनि टाइम लाग्ने र हुम्ला फर्कन पनि नसक्ने अवस्था आएपछि विमानलाई कर्णाली नदीमा सुरक्षित अवरण गर्न खोज्दा दुर्घटना भयो” पाइलट साङ्गे लामाको भनाइ उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरेले राससलाई जानकारी दिनुभयो । “विमानलाई खोलामा सेफ ल्यान्डिङ गर्दा दुवैजना बेहोस भयौँ, केहीबेरमा होस आएर पौडिँदै खोलाबाहिर निस्कन सफल भयौँ ।” चालक लामाले भन्नुभयो ।

घटना लगत्तै सिमिकोटमा रहेको सिम्रिक एयरको हेलिकप्टरले घाइते चालकको उद्धार गरेको थियो । दुर्घटनामा दुवै पाइलट सामान्य घाइते भएको र जिल्ला अस्पताल हुम्लामा उपचारपछि अहिले थप स्वास्थ्य परीक्षणका लागि सोही हेलिकप्टरमार्फतै नेपालगन्ज मेडिकल कलेज पठाइएको प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।अहिले दुर्घटनाग्रस्त विमानलाई कर्णाली नदीले बगाएको जानकारी आफूहरुले पाए पनि घटनास्थलबाट थप जानकारी नआएको उहाँले बताउनुभयो । हरिबहादुर रावत/रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts