Saturday, August 20, 2016

उपप्रधानमन्त्री निधि र भारतीय प्रधानमन्त्री मोदीबीच भेट

काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालका विशेषदूतका रुपमा भारतको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले आज सेभेन रेस् कोर्सस्थित प्रधानमन्त्री निवासमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटसम्बन्धी विस्तृत विवरण प्राप्त भइनसकेको उक्त मन्त्रालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts