Monday, August 8, 2016

दुर्घटनामा दुईको मृत्यु

मलेखु (धादिङ), २५ साउन । पृथ्वीराजमार्गअन्तर्गत बेनीघाट गाविसको मालिङ्गामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको आज मृत्यु भएको छ ।

काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बा७३प ८६९२ नंको मोटरसाइकललाई काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ना५ख ७२७८ नंको माइक्रोबसले ठक्कर दिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जा घर भएका २४ वर्षीय सोनम केसीको घटनास्थलमा नै मृत्यु भएको तथा मोटरसाइकलको पछाडि बसेका गुल्मीका २५ वर्षीय विकास अर्यालकोे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts