Tuesday, August 16, 2016

ट्रहोटे पर्व मनाइयो

पोखरा, ३२ साउन । गुरुङ जातिको विशेष पर्व ‘ट्रहोटे’ पोखरामा विभिन्न कार्यक्रमका साथ आज पोखरामा मनाइएको छ । हरेक वर्षको साउन र चैत महिनाको अन्तिम दिन आज गुरुङ जातिले यो पर्व मनाउने गर्दछन् ।

यो पर्व मनाउनाले रोग हट्ने, प्राकृतिक प्रकोप न्यूनीकरण हुने, खेतीबाली राम्रो हुने, सुख शान्ति प्राप्त हुने र भूतप्रेतको प्रकोपबाट मुक्त भइने जनविश्वास छ ।

बाजागाजा र झाँकीसहित पोखराको टुँडिखेलबाट सुरु भएको ¥याली पोखराको बजार परिक्रमा गरेर नयाँबजारमा रहेको तुमधिमा कोणसभामा परिणत भएको थियो ।

तमुधि नेपालसँग आबद्ध विभिन्न ५० वटा सङ्घ संस्थाको सहभागिता रहेको ¥यालीका सहभागी गुरुङ संस्कृति झल्कने पहिरनमा सजिएका थिए ।

सहभागी अनुहार विभिन्न रङ्गले पोतिँदै रुखका हाँगाबिँगाको कपडा बनाई ढ्याँग्रो ठोक्दै नगर परिक्रमा गरेका देखिन्थे ।

कोणसभामा तमुधि नेपालका पूर्व महासचिव देवीराज गुरुङले ट्रहोटे पर्व गुरुङ जातिको आफ्नै विशिष्ट महत्व बोकेको पर्व भएको बताउनुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार सङ्घका अध्यक्ष हुम गुरुङले गुरुङ जातिले आफ्नै विशिष्ट संस्कार संस्कृति बोकेको बताउँदै यी प्राचीन संस्कृतिको संरक्षणमा युवा वर्गको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

कार्यक्रममा पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवर, ट्रहोटे कार्यक्रम संयोजक रुद्रबहादुर गुरुङ, माया गुरुङलगायतले आआफ्ना धारणा राख्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts