Friday, August 26, 2016

महाकाली नदीमा बालिका बेपत्ता

भीमदत्तनगर, १० भदौ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ प्रधानटोलकी एक बालिका आज बिहान महाकाली नदीमा बेपत्ता भएकी छन् ।

स्थानीय खिमलाल रानाकी १० वर्षीया छोरी सविना राना महाकाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार बिहीबार भएको श्रीकृष्णजन्माष्टमीको फलफूललगायतका व्रत बसेको सामान महाकाली नदीमा बगाउने क्रममा दुई बालिका बेपत्ता भएका हुन् ।

तीमध्ये १६ वर्षीया सीता थापामगरको स्थानीयवासीले उद्धार गरेका छन् । उद्धार गरिएकी थापामगर बेहोस अवस्थामा रहेको र उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता रानाको खोजीमा स्थानीयवासी र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको टोली जुटेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts