Monday, August 8, 2016

आर्थिक क्षेत्र विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

काठमाडौँ, २४ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले ‘विशेष आर्थिक क्षेत्र विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७३’ पेस गरेको छ ।

समितिका सदस्य नारायणबहादुर कार्कीले प्रतिवेदन पेस गर्दै उद्योगधन्दा बन्द हडताल नगरी फस्टाउने उपायका सम्बन्धमा व्यापक छलफल गरी अब आर्थिक समृद्धि नै मूल कार्यसूची हुने गरी कानुन ल्याउन जोड दिनुभयो ।

बैठकमा मन्त्रिपरिषद् विस्तारसम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउनुभयो ।

बैठकमा अहिले नवनिर्वाचन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई मन्तव्य दिने क्रम सुरु भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts