Saturday, August 20, 2016

बाढीपीडित घर फर्किए

पथरी (मोरङ), ४ भदौ । मोरङको डाइनियाका बाढीपीडित घर फर्किएका छन् ।

गत साउन ९ गते मोरङको बक्राहा खोलामा आएको बाढी पसेर बस्ती डुबानमा परेपछि उनीहरु विस्थापित भएका कारण स्थानीय सडकमा त्रिपाल टाँगेर बसोबास गर्दै आएका थिए ।

पानी सुकेपछि घरभित्र खोलाले हुलेको बालुवा आफैँ निकालेपछि बाढीपीडित सडकबाट घर फर्किएका हुन् । खोला पसेर घर बगाएका २६ घरपरिवारलाई जिल्ला दैवि प्रकोप उद्धार समिति मोरङले प्रतिपरिवार रु १० हजार नगद र जनही एक जोर कपडा प्रदान गरेको छ ।

त्यसैगरी नेपाल रेडक्रस सोसाइटी मोरङले २६ घरपरिवारलाई खाना पकाउन आवश्यक पर्ने भाँडाकुँडा प्रदान गरिसकेको डाइनिया गाविसका सचिव पदम विनोद घिमिरेले जानकारी दिनुभयो ।

सचिव घिमिरेका अनुसार सो गाविसमा बक्राखोलाले बाँध भत्काएर पस्दा २६ परिवारको घर बगाएको र करिब ३०० घरपरिवारलाई आंशिक क्षति भएको छ । ती ३०० घरपरिवारलाई घर मर्मत गर्ने खर्चबापत केही रकम राहत उपलब्ध गराउने तयारी भइरहेको छ । सो क्षेत्रका ३२६ बाढीपीडित सडकमा त्रिपाल टाँगेर बस्दै आएका थिए । उनीहरु आजदेखि आफ्नो पुरानै घरमा सरेका हुन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts