चितवन, १० भदौ । आज बिहानै नारायणगढ मुग्लिङ सडक अन्र्तगत त्रिशुली नदीमा बस खसेको छ ।
रौतहटबाट पोखराका लागि छुटेको यात्रुबाहक बस बिहान मुग्लिन नजिकै दुर्घटनामा भएर नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा २० जनाको मृत्यु भएको छ । १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृतकको पहिचान खुल्न सकेको छैन । लोकसेवा आयोगको परीक्षा दिनका लागि पोखरा जादै गरेका धेरै विद्यार्थी दुर्घटनामा परेका छन् । ३६ सिटको बस हिजो बेलुका ५ बजे गौरबाट छुटेको थियो । एक जना बटुवाले बस खसेको जानकारी गराएपछि प्रहरी पुगेको थियो । बस मुग्लीनको कालीखोला क्षेत्रबाट त्रिशुली नदीमा खसेर डुबेको छ ।
बसमा कम्तिमा ४० यात्रु रहेको प्रहरीले जनाएको छ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा उद्धारमा खटिएका छन् । यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहालले दुर्घटना प्रति दुख व्यक्त गर्नुभएको छ । उहाँले घाईतको उद्धार र उपचार तथा हराइरहेकाहरुको खोजविन लागि प्रशासनलाई निर्देशन पनि दिनुभएको छ ।
Thursday, August 25, 2016
बिहानै बस त्रिशुलीमा खस्यो, २० जनाको मृत्यु
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment