Monday, August 15, 2016

सार्क उद्यम सहयोग आदानप्रदान सम्झौता

काठमाडौँ, ३१ साउन । नेपाल उद्योग वाणिज्य महासङ्घ, सार्क अर्बिट्रेसन काउन्सिल तथा नेपाल काउन्सिल अफ अर्बिट्रेसन (नेप्का) र सार्क अर्बिट्रेसन काउन्सिलबीच सहयोग आदानप्रदानसम्बन्धी आज सम्झौता भएको छ ।

उक्त सम्झौतासँगै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रभित्र व्यावसायिक प्रवद्र्धन तथा लगानी विस्तारका सन्दर्भमा गरिने करार तथा सम्झौतामा उत्पन्न हुने विवाद तथा समस्या समाधानका लागि प्राविधिक सहयोग तथा कानुनी परामर्शमा आवश्यक सहयोग आदानप्रदान हुने छ ।

यहाँ आज आयोजित कार्यक्रममा महासङ्घका प्रतिनिधि मीना श्रेष्ठ र नेप्काका प्रतिनिधि ज्ञानेन्द्रप्रसाद कायस्थ तथा सार्क अर्बिट्रेसन काउन्सिलका प्रतिनिधि मालिक इमरान अहमद्काले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्याय, महासङ्घका अध्यक्ष पशुपति मुरारका, नेप्काका अध्यक्ष वीरेन्द्रबहादुर देउजा, सार्क अर्बिट्रेसन काउन्सिलका प्रतिनिधि इमरान लगायतले नेपाल तथा सार्क क्षेत्रका उद्यमी र व्यवसायीलाई सार्क क्षेत्रमा व्यवसाय विस्तारका क्रममा आउने समस्या समाधानका लागि सम्बन्धित मुलुकमा मध्यस्थताको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts