Saturday, August 6, 2016

दुईवटा टाउको भएको बच्चा जन्मियो

राजविराज, २३ साउन । सप्तरीको हनुमाननगर स्वास्थ्य चौकीमा शनिबार साँझ दुईवटा टाउको भएको बच्चा जन्मिएको छ ।

सप्तरीको इनर्वा गाविस–९ घर भई हाल हनुमाननगर योगिनीमाई नगरपालिका–१० की २३ वर्षीया नुनुदेवी यादवको तेस्रो सन्तानका रुपमा अस्पतालमा दुईवटा टाउको भएको छोरा जन्मिएको हो ।

बालकको टाउकोको पछाडिपट्टि पनि टाउकोमा नाक, कान, मुख खासै विकसित नभए पनि आँखा भने दुईटै टाउकोमा पूर्ण विकसित भएको देखिएको अस्पतालका प्रमुख तारानन्द झाले जानकारी दिनुभयो ।

बच्चालाई हेर्न अस्पतालमा सयौँको भीड लागेको अस्पतालले जनाएको छ ।

यसअघि यादवको एक छोरा र एक छोरी रहेको परिवारजनले बताएका छन् ।

बच्चालाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रमुख झाले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts