Friday, August 5, 2016

आयात निर्यातका लागि विशाखापटनम बन्दरगाह सहज हुने

काठमाडौँ, २१ साउन । नेपालले तेस्रो मुलुकसँग आयात निर्यात गर्न विशाखापटनम बन्दरगाह सहज हुने भएकाले यसमा आइपरेका समस्या समाधान गरिनुपर्नेमा जोड दिइएको छ ।

वाणिज्य मन्त्रालयले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा नेपाल र भारतका अधिकारीहरुले यस विषयमा जोड दिनुभएको हो ।

कार्यक्रममा मुख्य सचिव डा सोमलाल सुवेदीले आयात निर्यातमा करको दर बढी भएको, समयमै सामान आयात निर्यात हुन नसक्ने लगायत समस्या देखिएकाले आपसी छलफलद्वारा समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चन्द्रकुमार घिमिरे, वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, भारतीय राजदूतका प्रतिनिधि विनयकुमार, कलकत्ता बन्दरगाहका ट्राफिक व्यवस्थापक गौतम गुप्तालगायतका वक्ताले आयात निर्यातमा आइपरेको समस्या समाधान गर्न कार्यक्रम सफल हुनेमा जोड दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts