Sunday, August 7, 2016

काँग्रेस कार्यकर्ताद्वारा पार्टी कार्यालयमा तालाबन्दी

सल्यान, २३ साउन । नेपाली काँग्रेस सल्यान जिल्ला कार्यालयमा आज आफ्नै कार्यकर्ताले तालाबन्दी गरेका छन् ।

जिल्ला सभापतिले पार्टीको निर्णयबिना नै एकल ढङ्गले उपसभापतिलगायत सदस्य मनोनयन गरेको भन्दै शारदा नगर समितिले कार्यालयमा ताला लगाएको हो । सभापतिले एकल निर्णय नसच्याएसम्म तालाबन्दी जारी रहने शारदा नगर कार्यसमितिका सभापति सचेत शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सभापतिले उपसभापतिलगायत अन्यमा आफूखुसी मनोनयन गर्नु भएको छ, उक्त निर्णय नसचिएसम्म कार्यालयमा लगाइएको ताला खोलिदैन ।”

जिल्ला सभापति गणेश चन्दले यही साउन १९ गते पत्रकार सम्मेलनको आयोजना गरी उपसभापतिमा निमबहादुर वली र सदस्यमा धनबहादुर हमाल, नेत्रबहादुर डाँगी, द्रोणप्रसाद जैसी र शिव शर्मालाई मनोनित गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts