पछिल्लो समय नेपालबाट पनि विदेशमा हुने विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा नेपाली यूवा–यूवतीहरुले भाग लिदै आइरहेका छन् ।
“मिस नेपाल” ले “मिस वर्ल्ड” मा सहभागी हुने, “मिष्टर नेपाल” ले “मिष्टर वल्ड” मा भाग लिइरहेको अबस्थामा लण्डनमा हुन लागेको “फेस अफ दी वल्ड २०१७” मा पहिलो पटक नेपालबाट मोडल पियूस कर्णले सहभागीता जनाउने भएका छन् । १७ सेप्टेम्बरबाट लण्डनको बर्लिङ्गटन होटलमा हुने फेस अफ दी वल्डमा पहिलो पटक सहभागी हुन लागेका पियूसले आफु “फेस अफ दी वल्ड” मा सहभागी हुन पाउँदा खुसी महशुस गरेको बताए ।
मिष्टर राजधानी नेपाल २०१५ को विजेता, मिष्टर करर्नाटका बैंङलोर २०१४ को विजेता समेत भइसकेका पियूसले आफु फेस अफ दी वल्डको विजेता भएरै नेपाल फर्किने बताए । उनले भने –“लामो समयको मेहेनतपछि मैले सोचेको कार्यक्रममा सहभागी हुन पाउँदैछु । मलाई विश्वास छ यस बर्षको फेस अफ दी वल्ड म नै जित्नेछु ।” उनले विश्वसामु नेपाललाई चिनाउनका लागि पनि आफ्नो सहभागीता फेस अफ दी वल्डमा हुन लागेको बताए ।
नेपालको पहिलो हिन्दी एल्बम “सासे” को दोस्रो गीत “दवी दवी सी” को हालै छायाँकन सकाएका पियूसले आधा दर्जन बढि म्यूजिक भिडियोमा काम गरिसकेका छन् । नेपाल र भारतका विभिन्न ठाउँमा भएका र्याम्प शोमा समेत आफ्नो बाक्लो उपस्थिती जनाइसकेका पियूसले नेपालका केही फेसन शोको निर्णायक भएर पनि काम गरिसकेका छन् । विरगंज घर भई हाल काठमाडौंमा बस्दै आएका उनले बैंङलोरबाट नै उच्च शिक्षा हासिल गरेका हुन् ।
Tuesday, August 2, 2016
लण्डनमा हुने “फेस अफ दी वर्ल्ड २०१७” मा पहिलो पटक नेपालबाट पियूस सहभागी हुने
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment