काठमाडौँ, २४ साउन । प्रेस काउन्सिल नेपाललले पछिल्लो समय केही आमसञ्चारमाध्यममा महिलाको इज्जत, मानप्रतिष्ठा र व्यक्तिगत जीवनमा प्रतिकूल असर पार्ने समाचार सामग्री प्रकाशन÷प्रसारण गरिएको जनाएको छ ।
“केही सञ्चारमाध्यमले महिलाको इज्जतमा प्रतिकूल असर पार्ने गरी समाचार प्रकाशन÷प्रसारण गरेको भनी सरोकारवाला महिला, अधिकारकर्मी, महिला अधिकारसम्बन्धी सङ्घसंस्थाको गुनासाप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ”– काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।
काउन्सिलको अनुगमनमा पनि केही सञ्चारमाध्यमले महिलाको व्यक्तिगत र सामाजिक जीवनमा प्रत्यक्ष असर पार्ने असन्तुलित, गोपनीयताको हकका विपरीत र अमर्यादित समाचार सामग्री प्रकाशन÷प्रसारण भएको पाइएको विज्ञप्तिमा उल्लेख छ ।
महिला समुदायको उत्थान र विकासमा पत्रकार र सञ्चारमाध्यमले विशेष सहयोग पु¥याउनुपर्ने सामाजिक दायित्व तोकिएको हुँदा महिलासम्बन्धी समाचार सामग्री प्रकाशन÷प्रसारण गर्दा जिम्मेवार र उत्तरदायी हुन काउन्सिलले नेपाल सम्पूर्ण सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गरेको छ । रासस
No related posts.
No comments:
Post a Comment