काठमाडौँ, ३१ साउन । प्रेस चौतारी नेपालले सामुदायिक सञ्चार संस्था ‘रेडियो धादिङ’ को प्रसारणमा गरिएको अवरोधप्रति विरोध गरेको छ ।
यही साउन ३० गते जिल्ला वन कार्यालय धादिङको अगुवाइमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले प्रसारण नै अवरुद्ध गर्ने गरी रेडियोको भौतिक संरचनामा आक्रमणको प्रयास गरेको भन्दै विरोध गरिएको हो । चौतारीले समुदायको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध ‘रेडियो धादिङ’को प्रसारणमाथिको अवरोध नागरिकको सूचनाको पाउने अधिकारमाथिको हस्तक्षेप भएको ठहर गरेको छ ।
चौतारीका महासचिव राजेश राईले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक लोकतान्त्रिक व्यवस्था विरोधी यस्तो आक्रमणको भत्र्सना गरिएको छ । यसैगरी नेपाल विद्यार्थी सङ्घको महाधिवेशनको प्रतिनिधि विवादका घटनामा समाचार सङ्कलनमा गएका पत्रकारमाथिको प्रहरीको दमनको पनि चौतारीले विरोध गरेको छ । रासस
No comments:
Post a Comment